Poem by Pastor Puspa Rasaily

Poem by Pastor Puspa Rasaily

Ps. Puspa Rasaily


शुभकामना

नवीन आशा, नवीन जोश, सृजिरहओस् थरी थरी सफलताले पाइला चुमून, जीवनमा सधै भरी ।।

लक्ष्य सधै बनिरहओस् सफलताको शिखर छुने
परमेश्वरलाई सुहाउँदो, सच्चा आराधक सधै हुने

उहाँकै नै इच्छा खोज्ने, जीवन बनोस् जीउँदो बली।
बनी शाक्षी निरन्तर, कदम बढुन उकालीओराली

बनाइ निशाना क़ुशको, विस्वासको पाइला चालौ।
खराबीको जड जति, जरादेखि नै उखेलेर फालौ ।।

सॉंचो हाम्रो हातमा है, प्रयोग गरौ सोही रूपमा।
फलवन्त भइ जीउँ, प्रतिबिम्बित उहाँकोस्वरूपमा।

आशिषित बनोस् जीवन, यो सालमा अझ बडी
येशू विना केही गर्न सकिन्न, जानौ सधै यो कडी।।

आशिषमय बनोस् जीवन येशूमा, यही चाहना 

नयॉं वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना।।   

                                          –पास्टर पुष्पा रसाईली