Poem by Dhan Lamgadey

Late Dhan Lamgadey
क्रिसमस आयो
क्रिसमस आयो नाचौं रमाऊ, बेथ्लेहममा जन्मनु भो येशू मशी
कोरोनाले छेकी दियो मण्डलीलाई, रमाऊ जुम्मा घरै बसी बसी ।
पिताको आग्या शिरोपर गरी बेथ्लेहममा, बालकरुपमा येशूले जन्म लिए
ज्योतिषी र गोठाहरु दर्शण पाए, चिनो डुडमा सुतीरहेका प्रभु येशू नै थिए ।
मानीसको पाप उठाई लान येशू पृथ्वीमा मानव रुप लिई टेके
यशया अगमबक्ताको पुस्तक येशूले पढी दिदा पुजारीहरूले देखे ।
सत्य कुरा थहा पाए फरसीहरू र पुजारीहरूका मनमा ठूलो संका उठ्यो
विभिन्न बहाना बनाई बनाई येशूलाई, पकडे आरोप लगाई झुटो ।
शरीरको बस्र सबै खोली उन्नचालीस क्रोर्राको कुटाई
गाजल काँटी ठोके येशूलाई काठको क्रुसमा सुताई ।
कती निर्दोष प्रभु येशू हुनुहुन्थ्यो फारसीहरूले गरे कुटाई निन्दा थुकाई
सललल भल बग्यो रगतको क्रुसमा एक थोपा रगत नराखी येशूले शरीर सुकाई ।
मण्डली बनाई बनाई येशूले रगत दिनु भो आफ्नै सरीर सुकाई
उद्धार र मुक्ती केमा रैछ बुझौ सबले घुडा टेकी शिर झुकाई ।
–धन लाम्गादे
रोचेस्टर, न्यूयोर्क