Poem by Dhan Lamgadey

Poem by Dhan Lamgadey

Late Dhan Lamgadey

क्रिसमस आयो

क्रिसमस आयो नाचौं रमाऊ, बेथ्लेहममा जन्मनु भो येशू मशी

कोरोनाले छेकी दियो मण्डलीलाई, रमाऊ जुम्मा घरै बसी बसी

पिताको आग्या शिरोपर गरी बेथ्लेहममा, बालकरुपमा येशूले जन्म लिए

ज्योतिषी गोठाहरु दर्शण पाए, चिनो डुडमा सुतीरहेका प्रभु येशू नै थिए

मानीसको पाप उठाई लान येशू पृथ्वीमा मानव रुप लिई टेके

यशया अगमबक्ताको पुस्तक येशूले पढी दिदा पुजारीहरूले देखे

सत्य कुरा थहा पाए फरसीहरू पुजारीहरूका मनमा ठूलो संका उठ्यो

विभिन्न बहाना बनाई बनाई  येशूलाई, पकडे आरोप लगाई झुटो

शरीरको बस्र सबै खोली उन्नचालीस क्रोर्राको कुटाई

गाजल काँटी ठोके येशूलाई काठको क्रुसमा सुताई

कती निर्दोष प्रभु येशू हुनुहुन्थ्यो फारसीहरूले गरे कुटाई निन्दा थुकाई

सललल भल बग्यो रगतको क्रुसमा एक थोपा रगत नराखी येशूले शरीर सुकाई

मण्डली बनाई बनाई येशूले रगत दिनु भो आफ्नै सरीर सुकाई

उद्धार  मुक्ती केमा रैछ बुझौ सबले घुडा टेकी शिर झुकाई

    धन लाम्गादे

    रोचेस्टर, न्यूयोर्क