Poem by Dhan Lamgadey

Late Dhan Lamgadey
क्रिसमस आयो
क्रिसमस आयो नाचौं रमाऊ, बेथ्लेहममा जन्मनु भो येशू मशी
कोरोनाले छेकी दियो मण्डलीलाई, रमाऊ जुम्मा घरै बसी बसी ।
पिताको आग्या शिरोपर गरी बेथ्लेहममा, बालकरुपमा येशूले जन्म लिए
ज्योतिषी र गोठाहरु दर्शण पाए, चिनो डुडमा सुतीरहेका प्रभु येशू नै थिए ।
मानीसको पाप उठाई लान येशू पृथ्वीमा मानव रुप लिई टेके
यशया अगमबक्ताको पुस्तक येशूले पढी दिदा पुजारीहरूले देखे ।
सत्य कुरा थहा पाए फरसीहरू र पुजारीहरूका मनमा ठूलो संका उठ्यो
विभिन्न बहाना बनाई बनाई येशूलाई, पकडे आरोप लगाई झुटो ।
शरीरको बस्र सबै खोली उन्नचालीस क्रोर्राको कुटाई
गाजल काँटी ठोके येशूलाई काठको क्रुसमा सुताई ।
कती निर्दोष प्रभु येशू हुनुहुन्थ्यो फारसीहरूले गरे कुटाई निन्दा थुकाई
सललल भल बग्यो रगतको क्रुसमा एक थोपा रगत नराखी येशूले शरीर सुकाई ।
मण्डली बनाई बनाई येशूले रगत दिनु भो आफ्नै सरीर सुकाई
उद्धार र मुक्ती केमा रैछ बुझौ सबले घुडा टेकी शिर झुकाई ।
–धन लाम्गादे
रोचेस्टर, न्यूयोर्क
Poem by Dipshika Rasaily

Dipshika Rasaily
कस्तो प्रेम
कस्तो प्रेम प्रभु तिम्रो
यो सानो मानस पटलले सोच्नै नसल्ने
जसले सारा ब्रहमाण्डलाई थामेको छ
अनि चोट लागेका हृदयहरूका निम्ति
असल मलम पट्टी बनेको छ
(जब म अंधकारमा भौंतारी रहेको थिएँ) २
संसारको थोकहरूमा खुसी खोजी रहेको थिएँ
आफ्नो न्यानो अंगालो खोली मलाई पर्खिरहयौ
म हराएको एक भेडालाई खोज्न आफ्ना गोठालाहरू खटाईरहयौ
(जब मेरो शिरबाट बाबुको छाँया हरायो) २
हाय कति हृदय छेडिएको पल त्यो
मेरा हृदयबिदारक सुस्केराहरूलाई तिमीले सुनिरहेका रहेछौ
मेरा नयनबाट बगेका ति आँसु देखि तिमी पनि रोहिरहेका रहेछौ
(मलाई त थाहै भएन) २
मेरा लरबराएका ति कम्जोर गोडाहरूलाई थाम्न
तिमी त सदा भर तत्पर रहेछौ
कस्तो अचम्मको प्रेम तिम्रो
जब तिम्रो प्रेमलाई चिनें
अनि यो हृदयमा मानिलिए
अनन्तको सुकुन महसुस गरें
तिम्रो पाउमा सारा खुसी भेटाऐं
(आशा रहित यो जीवनलाई) २
जीउँदो आशाले भरिदियौ
मेरा थकित शिर सुम्सुम्याई
अनन्तको पिता बनिदियौ
तिम्रो अगाप्पे प्रेमलाई
कुनै कुरासँग तुलनानै गर्न नसकिने
(तिमीले भन्यौ म थाकेकाहरूका बोझ उठाउनलाई आऐं) २
साँच्चै नै तिमीमा मेरा सारा थकान मेटिए
कस्तो अनमोल प्रेम तिम्रो
जीवन जिउने क्रममा
तिमी संगसगै हिड्ने क्रममा
कैयौं पटक तिम्रो हृदय दुखाँऐं
तर हरेक पटक छमा पाएको महसुस गरें
कस्तो निस्वर्थ प्रेम तिम्रो
(अझ पनि जब म समस्यमा दबिन्छु)२
निसपट्ट अंन्धकारमा छट्पटिन्छु
हबकुकको हृदयमा झै प्रश्नै प्रश्नले भरिएका यी नयन उठाई तिमीलाई हेर्दछु
तिमीलाई —— हे प्रभु तिमीलाई त मेरा भविस्यका मार्गहरू उज्यालो बनाउन
तल्लिन भएको पो भेटाँउछु
(कस्तो गहिरो प्रेम तिम्रो )२
दिप्शीका रसाईली
Poem by Lachi Lamgadey

आमा
प्राथनाको योद्धा र सन्तानकी सितल छहारी हुन आमा
बुद्धीसँग बोल्न सिकाउछिन, सत्यतामा हिडाउछीन् आमा ।
त्याग र तपस्य गर्छीन आमा, भन्छीन परमेश्वरको भय मान
धार्मीकतामा डोर्याउछीन आमा, बाँड्छीन सबैलाई असल ज्ञान ।
परमप्रभुको वचननै शक्ति हो भनि जान्दछीन आमा
प्रतिष्ठाले शुशोभित हुनुपर्छ हरपल भन्दछीन आमा ।
विश्वास योग्य उपदेशको खानी, करुनाकी धनी हुन आमा
आत्मा र सत्यतामा रमाउन सिकाउछीन् सधै भरी आमा ।
–लच्छी लाम्गादे
Poem by Pastor Puspa Rasaily

शुभकामना
नवीन आशा, नवीन जोश, सृजिरहओस् थरी थरी ।सफलताले पाइला चुमून, जीवनमा सधै भरी ।।
लक्ष्य सधै बनिरहओस् सफलताको शिखर छुने ।
परमेश्वरलाई सुहाउँदो, सच्चा आराधक सधै हुने ।
उहाँकै नै इच्छा खोज्ने, जीवन बनोस् जीउँदो बली।
बनी शाक्षी निरन्तर, कदम बढुन उकाली–ओराली ।
बनाइ निशाना क़ुशको, विस्वासको पाइला चालौ।
खराबीको जड जति, जरादेखि नै उखेलेर फालौ ।।
सॉंचो हाम्रो हातमा छ है, प्रयोग गरौ सोही रूपमा।
फलवन्त भइ जीउँ, प्रतिबिम्बित उहाँकोस्वरूपमा।
आशिषित बनोस् जीवन, यो सालमा अझ बडी ।
येशू विना केही गर्न सकिन्न, जानौ सधै यो कडी।।
आशिषमय बनोस् जीवन येशूमा, यही छ चाहना
नयॉं वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना।।
–पास्टर पुष्पा रसाईली