Poem by Dipshika Rasaily

Poem by Dipshika Rasaily

Dipshika Rasaily

कस्तो प्रेम

कस्तो प्रेम  प्रभु तिम्रो
यो सानो मानस पटलले सोच्नै नसल्ने
जसले  सारा ब्रहमाण्डलाई थामेको
अनि चोट लागेका हृदयहरूका निम्ति
असल मलम पट्टी बनेको

(जब अंधकारमा भौंतारी रहेको थिएँ)
संसारको थोकहरूमा खुसी खोजी रहेको थिएँ
आफ्नो न्यानो अंगालो खोली मलाई पर्खिरहयौ
हराएको एक भेडालाई खोज्न आफ्ना गोठालाहरू खटाईरहयौ

(जब मेरो शिरबाट बाबुको छाँया हरायो)
हाय कति हृदय छेडिएको पल त्यो
मेरा हृदयबिदारक सुस्केराहरूलाई तिमीले सुनिरहेका रहेछौ
मेरा नयनबाट बगेका ति आँसु देखि तिमी पनि रोहिरहेका रहेछौ

(मलाई थाहै भएन)
मेरा लरबराएका ति कम्जोर गोडाहरूलाई थाम्न
तिमी सदा भर तत्पर रहेछौ
कस्तो अचम्मको प्रेम तिम्रो

जब तिम्रो प्रेमलाई चिनें
अनि यो हृदयमा मानिलिए
अनन्तको सुकुन महसुस गरें
तिम्रो पाउमा सारा खुसी भेटाऐं
 

(आशा रहित यो जीवनलाई)
जीउँदो आशाले भरिदियौ
 
मेरा थकित शिर सुम्सुम्याई
अनन्तको पिता बनिदियौ

तिम्रो अगाप्पे प्रेमलाई
कुनै कुरासँग तुलनानै गर्न नसकिने
(
तिमीले भन्यौ थाकेकाहरूका बोझ उठाउनलाई आऐं)
साँच्चै नै तिमीमा मेरा सारा थकान मेटिए
कस्तो अनमोल प्रेम तिम्रो

जीवन जिउने क्रममा
तिमी संगसगै हिड्ने क्रममा
कैयौं पटक तिम्रो हृदय दुखाँऐं
तर हरेक पटक छमा पाएको महसुस गरें
कस्तो निस्वर्थ प्रेम तिम्रो

(अझ पनि जब समस्यमा दबिन्छु)
निसपट्ट अंन्धकारमा छट्पटिन्छु
हबकुकको हृदयमा झै प्रश्नै प्रश्नले भरिएका यी नयन उठाई तिमीलाई हेर्दछु

तिमीलाई —— हे प्रभु तिमीलाई मेरा भविस्यका मार्गहरू उज्यालो बनाउन
तल्लिन भएको पो भेटाँउछु
(
कस्तो गहिरो प्रेम तिम्रो )

                                      दिप्शीका रसाईली